भूपिनले ल्याए 'मध्यको उज्यालो'

गैंडाकोटमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी लगायतको उपस्थितिमा पुस्तक सार्ववजनिक गरिएको हो ।

कार्तिक १५, २०८२

रमेशकुमार पौडेल

Bhupin brought 'the light of the middle'

चितवन — भूपिन खड्काको निबन्धसंग्रह 'मध्यको उज्यालो' शनिबार सार्वजनिक भएको छ । बुक हिलले प्रकाशन गरेको उक्त पुस्तकमा २० निबन्धहरू छन् । 

गैंडाकोटमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार गोविन्दराज विनोदी लगायतको उपस्थितिमा पुस्तक सार्ववजनिक गरिएको हो । कार्यक्रममा पुस्तकको समीक्षा गर्दै सामना पहाडले पुस्तकमा निबन्धकार  र पाठक बीचको दूरी नै हराउने बताइन् । निबन्धमा पाठकका आफ्नै अनुभूत रहेको उनले बताइन् ।

संग्रहमा चिन्तन, सम्झना र पर्यावरण/यात्रा गरी तीन खण्डमा २० निबन्धहरू समेटिएका छन् । लेखनशैली र विचारमा भूपिन अघिल्लो पुस्तकमा भन्दा बलिय‍ो बन्दै गएको पुस्तक पढ्दा पुष्टि हुने अर्का समीक्षक एकनारायण पौडेलले बताए । 

भूपिन कविता, निबन्ध र उपन्यास लेखनमा सक्रिय छन् । यसअघि उनका तीन कवितासंग्रह, एक निबन्धसंग्रह र एक उपन्यास सार्वजनिक भइसकेका छन् ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully