कार्यक्रममा बौद्धिक विमर्शका सत्र सञ्चालन हुनेछन् भने लेखकहरूले आफ्ना पुस्तकका विषयमा चर्चा र पाठकसँग संवाद गर्नेछन् ।
काठमाडौँ — फाइनप्रिन्ट बुक्सले चितवन नारायणगढको नारायणी कला मन्दिरमा आउँदो शनिबार चौथो संस्करणको फाइनप्रिन्ट फिभर आयोजना गर्ने भएको छ ।
कार्यक्रममा बौद्धिक विमर्शका सत्र सञ्चालन हुनेछन् भने लेखकहरूले आफ्ना पुस्तकका विषयमा चर्चा र पाठकसँग संवाद गर्नेछन् ।
फाइनप्रिन्ट फिभरमा राजेश हमाल, २०८१ सालको मदन पुरस्कार विजेता कृति ‘उरमाल’ का लेखक छुदेन काविमो, २०८१ सालकै पद्मश्री साहित्य पुरस्कार विजेता कृति ‘छालबाटो’का लेखक रमेश भुसाल लगायतका आठ लेखक सहभागी हुनेछन् ।
आयोजक फाइन प्रिन्टले नारायणगढबाट सुरु गरेर अरू सहरमा पनि यस्तै कार्यक्रम गर्ने योजना रहेको बताएको छ । यसअघि फाइनप्रिन्ट फिभर २०७५ वैशाखमा धनगढी, नेपालगन्ज र सुर्खेतमा आयोजना गरिएको थियो ।