रायमाझीको मिश्रित कवितासंग्रह 'गाउँ बिरानो भयो' सार्वजनिक

कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छन् ।

आश्विन २६, २०८२

कान्तिपुर संवाददाता

Rayamazhi's collection of mixed poems 'Gaon Birano Gayo' released

बनेपा — कवि मुरहरि रायमाझीको चौथो पुस्तक 'गाउँ बिरानो भयो' बनेपामा लोकार्पण गरिएको छ ।

प्रगतिशील लेखक संघले गरेको कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले पुस्तक सार्वजनिक गरे । 

कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छन् । कवितासङ्ग्रह 'गाउँ बिरानो भयो'मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचना समावेश छन् । सोही कार्यक्रममा प्रगतिशील लेखक संघ काभ्रेको  प्रकाशनमा 'काभ्रेली आवाज' नामक संयुक्त कवितासङ्ग्रह पनि सार्वजनिक गरियो ।

संघले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully