राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ ।

आश्विन १०, २०८२

कान्तिपुर संवाददाता

Rajesh Hamal's book 'Yug Da Yug Yag' is in the market from October 25

काठमाडौँ — अभिनेता राजेश हमालको जीवन, सिनेमा र जीवनका विविध आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ देखि बजारमा आउने भएको छ । दसैंको कोसेलीस्वरूप भदौमा पुस्तक सार्वजनिक गर्ने तयारी गरिए पनि पछिल्लो समय देशमा विकसित राजनीतिक घटनाक्रमका कारण पुस्तक सार्वजनिक गरिने मिति सारिएको हो । 

यसअघि अभिनेता हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरणसमेत अनावरण गरिसकिएको छ । ‘बहुप्रतीक्षित एवम् महत्त्वाकांक्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं,’ फाइनप्रिन्टका नीरज भारीले भने, ‘यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई गजबको कोसेली दिने हाम्रो अभिप्राय छ । प्रकाशन यात्रामा हाम्रा लागि विशेष अर्थ राख्ने पुस्तक हो यो ।’

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषय पुस्तकमा समेटिएको छ । लेखक एवं पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले बताएको छ ।

कान्तिपुर

Link copied successfully