सानेपामा वसन्त पराजुलीको उपन्यास ‘बखान’को बखान

ऐतिहासिक पात्र बखानसिंह गुरुङको संघर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको ऐतिहासिक विषयका पुस्तकले समाजमा राम्रो प्रभाव पार्ने पत्रकार एवं कांग्रेस नेता अजयबाबु शिवाकोटीले बताए । कांग्रेस नेतृत्वले यस किसिमका पुस्तक प्रकाशन गर्नुपर्ने पनि उनले जनाए ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Bakhan of Vasant Parajuli's novel 'Bakhan' in Sanepa

What you should know

काठमाडौँ — पत्रकार एवम् लेखक वसन्त पराजुलीको उपन्यास बखानबारे सानेपामा शनिबार चर्चा गरियो ।

ऐतिहासिक पात्र बखानसिंह गुरुङलाई मुख्य मात्र बनाई लेखिएको ‘बखान’ले प्रजातान्त्रिक आन्दोलन, सहकारी अभियान एव चितवनको बस्ती विकासमा गुरुङले पुर्याएको योगदानलगायत विषय अभिव्यक्त गरेको कार्यक्रमका वक्ताहरुको विचार छ । यस्तो ऐतिहासिक उपन्यास लेखेकामा उनीहरुले लेखक पराजुलीको प्रशंसासमेत गरे ।  

नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले लेखक पराजुलीको उपन्यास ‘बखान’ माथि गरेको परिचर्चा कार्यक्रममा  कांग्रेस सांसद  एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले उपन्यास पूरै पढ्न नपाए पनि बखानसिंह गुरुङको संघर्षबारे आफू जानकार रहेको अभिव्यक्ति दिए ।

ऐतिहासिक विषयलाई उपन्यासमा बुन्न सक्नु धेरै राम्रो भएको उनको प्रतिक्रिया थियो । युवा पुस्ताहरुले ऐतिहासिक विषयवस्तुमा गहिरो अध्ययन गरेर पुस्तकका माध्यमबाट समाजलाई योगदान दिनुपर्नेमा उनले जोडसमेत दिए । 

ऐतिहासिक पात्र बखानसिंह गुरुङको संघर्षको गाथामा पराजुलीले उपन्यास तयार पारेको ऐतिहासिक विषयका पुस्तकले समाजमा राम्रो प्रभाव पार्ने पत्रकार एवं कांग्रेस नेता अजयबाबु शिवाकोटीले बताए । कांग्रेस नेतृत्वले यस किसिमका पुस्तक प्रकाशन गर्नुपर्ने पनि उनले जनाए । 

बखानसिंह गु्रुङको जीवनीमा आधारित उपन्यासबाट कांग्रेसको नेतृत्वमा पटक–पटक भएको संघर्ष, २०३८ सालमा गुरुङ मन्त्री बन्दा कानुन, न्याय तथा भूमिसुधारमन्त्री नै रोज्नुको कारणलगायत विषय खोजीको अर्को पाटो भएको कांग्रेस नेता एवं विश्लेषक शंकर तिवारीले उल्लेख गरे । 

पुस्तकले आफ्नो ध्यानन एकाकार गरेको लेखक, साहित्यकार ठाकुर बेल्वासेले बताए । पुस्तक पढ्न थालेपछि छाड्न मन नहुने किसिमले सुन्दर किसिमले लेखिएको उनको भनाइ छ । पराजुलीले नेपाली साहित्यलाई उत्कृष्ट उपन्यास दिएको उनले जनाए । यसलाई इतिहासको दस्तावेजभन्दा पनि उपन्यासकै रुपमा ग्रहण गर्नुपर्नेमा उनको जोड छ ।

२०१८ सालमा चितवनमा पञ्चायतविरुद्ध गरिएको संघर्षको विषयलाई उपन्यासले आफ्नो मुख्य विषय मानेको र त्यसमा बखानसिंहको भूमिकाबारे चर्चा गरिएको  साहित्यकार एवं प्राध्यापक एलबी क्षेत्रीले बताए ।यस विषयमा कांग्रेसले अझै खोजबिन गर्नुपर्ने सुझाव उनले दिए । 

आफना जिजुहजुरबा बखानसिंह गुरुङका विषयमा उपन्यासले न्यायपूर्ण तरिकाले जानकारी प्रस्तुत गरेको बखानसिंह गुरुङले पनातिनी जानुका गुरुङले जनाइन् । कतिपय प्रसङ्ग उपन्यासमा मा समेटिन बाँकी रहेको र कांग्रेसले आफ्ना बाजेको उचित मूल्यांकन गर्न नसकेको उनको गुनासो छ । 

बखानसिंह गुरुङको ऐतिहासिक तथ्यमा केन्द्रित भई उपन्यास तयार पारेको र यसले राजनीतिक वृत्तमा चर्चा पाएकोमा लेखक पराजुलीले खुसी व्यक्त गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully