‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ सार्वजनिक

लेखक गौतमले राजनीतिक विकासक्रमसँगै देशको राजनीतिमा दाङले खेलेको हस्तक्षेपकारी भूमिका सबैलाई बुझाउन पुस्तक तयार गरेको बताए ।

भाद्र १३, २०८२

दुर्गालाल केसी

”Golden History of Dang Deukhuri” Public

What you should know

दाङ — पत्रकार सुदीप गौतमद्वारा लिखित पुस्तक ‘दाङ देउखुरीको स्वर्णिम इतिहास’ सार्वजनिक भएको छ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालले बिहीबार पुस्तक विमोचन गरेका हुन् ।

पुस्तक विमोचन गर्दै नेपालले दाङको भौगोलिक अवस्थासँगै राजनीतिक विषयमा लामो अध्ययन, अनुसन्धान गरेर तयार गरिएको पुस्तक इतिहासस अध्ययन गर्न चाहनेका लागि महत्त्वपूर्ण दस्ताबेज हुने बताए । 

पुस्तकको समीक्षा गर्दै प्राध्यापक शिवकुमार सुवेदीले दाङको राजनीतिक घटनाक्रमको विकाससँगै दाङले समग्र देशको राजनीतिमा खेलेको भूमिकाबारे पुस्तकले समेटेको बताए । कुल नौ खण्डमा तयार गरिएको पुस्तकले दाङको अवस्था र ऐतिहासिक पृष्ठभूमि बुझ्ने अवसर प्रदान गरेको उनले बताए ।

विभिन्न कालखण्डमा सञ्चालन भएका राज्यदेखि  हालसम्म भएका राजनीतिक परिवर्तनसम्बन्धी ऐतिहासिक तथ्यहरू पुस्तकमा समेटिएको उनले बताए । अत्यन्त मिहिनेत, खोज र अनुसन्धान गरेर तयार गरिएको पुस्तक सबैका लागि पठनीय भएको उनले बताए ।

कार्यक्रममा साहित्यकार उत्तमकृष्ण मजगैयाँले इतिहास लेख्ने जटिल कार्यलाई लेखकले जिम्मेवरीपूर्वक पूरा गरेको बताए ।दाङको राजनीतिक घट्नाक्रमलाई विषय बनाएर यसअघि पनि केही पुस्तक लेखिएको भए पनि यस पुस्तकमा सबै तथ्यहरू विस्तृत रूपमा उल्लेख गरिएको बताए ।

कार्यक्रममा साहित्यकार विनोद पोख्रेल र राप्ती साहित्य परिषद्का अध्यक्ष कमलमणि देवकोटाले दाङको विकासक्रमध्ये राजनीतिक खण्डलाई अध्ययन गरेर तयार गरिएको पुस्तक सबैका लागि सहयोगी बन्ने बताए । 

कार्यक्रममा लेखक गौतमले राजनीतिक विकासक्रमसँगै देशको राजनीतिमा दाङले खेलेको हस्तक्षेपकारी भूमिका सबैलाई बुझाउन पुस्तक तयार गरेको बताए । पुस्तक प्रकाशन बीएन पुस्तक संसारले गरेको छ ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully