ललितपुरको ज्यापु प्रज्ञा भवनमा आयोजित समारोहमा केन्द्रले बेहोसीले नेपाली र नेपालभाषाको गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गरेर सम्मान गरेको हो ।
काठमाडौँ — नेवाः साधना कला केन्द्र काठमाडौंले वरिष्ठ लोकगायक रत्न (बेहोसी) बज्राचार्यको ९० औं जन्मदिनको अवसर पारेर नेपालरत्नबाट सम्मान गरेको छ ।
ललितपुरको ज्यापु प्रज्ञा भवनमा आयोजित समारोहमा केन्द्रले बेहोसीले नेपाली र नेपालभाषाको गीतसंगीत क्षेत्रमा पुर्याएको योगदानको कदर गरेर सम्मान गरेको हो । बेहोसीले २०१० देखि नेपाली र नेपालभाषाको गीतसंगीतको विकासमा योगदान पुर्याउँदै आएका छन् ।
उनी २०१३ सालमा १७ जना उम्मेदवारमध्ये एकल गायकको रुपमा रेडियो नेपालमा स्वर परीक्षणमा उत्तीर्ण भएका थिए । बेहोसीले नेपालभाषामा ५० र नेपाली भाषामा १० भन्दा बढी गीत गाइसकेका छन् ।
