भट्टको कवितासंग्रह ‘प्रेमी पहाड’ सार्वजनिक

तीज विशेष कार्यक्रममा रेनुका भट्टको कविता संग्रह ‘प्रेमी पहाड’ लक्जेम्बर्गमा विमोचन भएको हो ।

भाद्र १२, २०८२

कान्तिपुर संवाददाता

Bhatt's poetry collection 'Premi Pahad' was released

काठमाडौँ — रेनुका भट्टको कविता संग्रह ‘प्रेमी पहाड’ लक्जेम्बर्गमा विमोचन भएको छ । आइतबार एनआरएनए लक्जेम्बर्गले गरेको तीज विशेष कार्यक्रममा पुस्तक विमोचन गरिएको हो ।  

सर्जक पुत्र प्रथम भट्टसहित नारायण गुरुङ, बालकृष्ण सापकोटा, रमाकान्त शर्मा, हिमाल सापकोटा, प्रेम गोलेलगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरे ।

पुस्तकबारे लेखक चिराग बराइली, भुवन आले मगर र लेखक पदम गौतमले टिप्पणी गरेका थिए । कार्यक्रममा बोल्दै संस्थाका महासचिव बालहरि राईले लक्जेम्बर्गमा बौद्धिक समुदाय बढ्दै गएकामा खुसी व्यक्त गरे । संस्थाकी उपाध्यक्ष दुर्गा थापाले स्वागत मन्तव्यका क्रममा तीजका दिन महिला लेखकको कृति विमोचन हुनु गौरवको विषय भएको बताइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully