विभोर–अर्चना दम्पतीका दुई गजलसंग्रह विमोचित

दुई दशकदेखि गजल लेखनमा सक्रिय अर्चना र विभोर बराल दुई गजलसंग्रह लिएर आएका छन् ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Two ghazal collections of Vivahor-Archana couple released

काठमाडौँ — गजलकार दम्पती सप्रेम अर्चना र विभोर बरालका दुई गजलसंग्रह विमोचन भएका छन् । पिङ्लास्थानस्थित नेपाल संगीत विद्यालयमा अर्चनाको गजल संग्रह 'मनले अब पङ्ख उचालिसक्यो' र बरालको 'मनभित्र ब्रम्हाण्ड छ' गजलसंग्रह सार्वजनिक भएको छ ।

साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे प्रमुख अतिथि रहेको विमोचन कार्यक्रममा समीक्षक प्रभाती किरणले दुवै कृतिमाथि टिप्पणी प्रस्तुत गरेका थिए । उनले विभोरका गजललाई नरिवल जस्तै बाहिर कठोर तर भित्री अर्थमा संवेदनशील भएको बताए भने अर्चनाको गजल नौनी जस्तै सरल, सुबोध्य र मिठासपूर्ण रहेको बताए । घिमिरेले भने विमोचित दुवै कृतिमा गेयता मिसिएको बताउँदै यसले आफूलाइ खुशी तुल्याएको बताए । 

विमोचन कार्यक्रममा रमेश पोखरेलले दुवै गजलसंग्रहबाट नौवटा गजललाई गाएर सुनाए । पोखरेलको गजल वाचनमा तबलामा अनन्त प्रजापति, गिटारमा सञ्जु शाही र बाँसुरीमा विष्णुदेवले साथ दिएका थिए।

अर्चना र बराल दुई दशकदेखि गजल लेखनमा सक्रिय छन् । 

कान्तिपुर

Link copied successfully