सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा लेखक केसीले आशा, प्रेरणा र खुसीका कथा समेटेको बताए ।
सुर्खेत — बालरोग विशेषज्ञ डा नवराज केसीको दोस्रो पुस्तक ‘स्वस्पर्श’ सार्वजनिक भएको छ । डा केसीको पहिलो पुस्तक ‘शून्यको मूल्य’ २०७९ सालमा प्रकाशित भएको थियो ।
सुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित पुस्तक सार्वजनिक कार्यक्रममा लेखक केसीले आशा, प्रेरणा र खुसीका कथा समेटेको बताए । पुस्तकभित्र कर्णालीका कथा र व्यथामात्र छैनन्, जंगबहादुर र दुखचाल्नोको कथा, गर्बे दाइको दोषी चस्मा, मन्दिरे बीउखसीको कथा, ध्यार गाउँले, माया बाँड्ने जागिर, रिटायर्ड आमा, कर्म मम्मीजस्ता पात्रको कथा समावेश भएका छन् ।
यो पुस्तकले हरेक मानिसका लागि त्यही स्वयुद्धबाट स्वस्पर्शसम्मको एउटा यात्रा हो, जसका सहयात्री छन्, प्रेरणादायी केही भुइँमान्छे छन् । यी भुइँमान्छेका कथा र तिनमा सहाहित बुद्ध विज्ञान पढ्दै गर्दा खुसी खोज्नेले बीउखुसी भेट्नेछन्, दुखपरिसम्म पुग्ने आशा, प्रेरणा र परिवर्तनको जीवनमार्ग र स्नेहका विषयस्तुमा केन्द्रित कथालाई सरल रुपमा प्रस्तुत गरिएका छन् ।
शनिबार संयुक्तरूपमा पुस्तकको लोकार्पण लेखक केसीका आमा, मामा र उनका छोराले गरेका थिए । सो अवसरमा लेखक सुविन भट्टराईले स्वस्पर्श किताबमा समावेशमा भएका पात्रहरुको छुट्टै किताब बन्ने बताए ।
किताबको निष्कर्षमा भने आफूभित्रको माया अरुलाई बाँड्ने बाडौं भन्ने हो । एसोएस हर्मन माइनरका प्रिन्सिपल हरिहर बस्नेतले स्वस्पर्श किताब अध्ययन गर्दा आफूले आफैँलाई बदल्ने एक महत्वपूर्ण औजार रहेको बताए ।
