बैरागी काइँलाको घरमा मनाइयो जन्मोत्सव

फाल्गुनन्दमा आयोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका सदस्यहरूको उपस्थिति रहेको थियो, उनीहरुले काइँलाको कृतित्वमाथि चर्चा गरेका थिए।

श्रावण २७, २०८२

कान्तिपुर संवाददाता

Bairagi's birthday was celebrated at Kaila's house

पाँचथर — फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठान, फाल्गुनन्द गाउँपालिकाको आयोजनामा बैरागी काइँलाको ८७ औं जन्मोत्सव मनाइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा तेस्रो आयामका प्रवर्तक मुन्धुमविद् तथा एवं विराट प्रतिभासमेत रहेका काइँलाको जन्मोत्सव मनाइएको हो । 

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष तथा फाल्गुनन्द प्रज्ञा-प्रतिष्ठानका प्रमुख संरक्षक बृजहाङ आङ्गदेम्वे, उपाध्यक्ष तथा प्रतिष्ठानका संरक्षक ठाकुरसिं नेम्बाङ र साहित्यकार एवम् दिग्गज राजनीतिज्ञ नरेन्द्र कुमार केरुङ र  प्रतिष्ठानका कुलपति समदर्शी काइँलाको उपस्थिति रहेको थियो । 

प्रतिष्ठानका उपकुलपति एल.बी. नेम्वाङले बैरागी काइँलाको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै काइँला नेपालकै शिखर कवि भएको बताए । प्रतिष्ठानक‌ै सभा सदस्य बबिता नेम्बाङले काइँलाको कृतित्व र व्यक्तित्वमाथि चर्चा गर्दै ऐतिहासिक घरको कथा पनि सुनाइन् । 

यस्तै साहित्यकार नरेन्द्र कुमार केरुङले काइँलाको सदावहार कविता 'मातेको मान्छेको भाषण; मध्यरातपछिको सडकसित' भन्ने कविताको केही अंश सुनाउँदै काइँलाको साहित्यिक सृजनाबारे प्रकाश पारेका थिए । 

बृजहाङ आङ्देम्वेले विराट प्रतिभा काइँलालाई पालिकाले नागरिक अभिनन्दन गरेको, पालिकाको स्थानीय पाठ्यक्रम कक्षा ८ मा काइँलाको जीवनी राखिएको, काइँला जिवित रहदै काइँलाको जन्मोत्सव मनाएर सम्मान दर्शाएको र अझै आगामी दिनहरुमा पालिकाले सकेसम्म बैरागी काइँलाले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै बताए ।

कान्तिपुर

Link copied successfully