अधिकारीलाई एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार

वार्षिकोत्सवको अवसरमा एक्सपर्टले आयोजना गरेको अन्य प्रतियोगितात्मक क्रियाकलापका विजयी व्यक्तिलाई पनि सो अवसरमा पुरस्कार वितरण गरियो ।

श्रावण २३, २०८२

रमेशकुमार पौडेल

Expert Academic Journalism Award to Officer

चितवन — पत्रकार शान्ता अधिकारीले यस वर्षको 'एक्सपर्ट शैक्षिक पत्रकारिता पुरस्कार' प्राप्त गरेकी छन् । एक्सपर्ट एजुकेसन कन्सल्टेन्सीको शुक्रबार भरतपुरका सम्पन्न २२ औं वार्षिकोत्सवको अवसरमा अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले उक्त पुरस्कार प्रदान गरे ।

पुरस्कारको राशि २५ हजार १११ रूपैयाँ रहेको छ । 

यस पुरस्कारबाट यसअघि चितवनका तीनजना पत्रकार पुरस्कृत भइसकेका छन् । पत्रकार अधिकारी गोरखापत्रको चितवन संवाददाता हुन् । 

वार्षिकोत्सवको अवसरमा एक्सपर्टले आयोजना गरेको अन्य प्रतियोगितात्मक क्रियाकलापका विजयी व्यक्तिलाई पनि सो अवसरमा पुरस्कार वितरण गरियो । एक्सपर्टले फुटसल प्रतियोगिता, टिकटक स्टार र स्पिच स्टार प्रतियोगिता राखेको थियो ।

त्यसैगरी इच्छाकामना गाउँपालिकाका सबै आठवटा माविमा कक्षा १० मा पढ्ने विद्यार्थीलाई क्याल्कुलेटर वितरण गरेको छ । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully