पहिलो सांग्रिला संवादमा तुलसी दिवस र रमेश क्षितिजको विशेष संवाद  

श्रावण ८, २०८२

कान्तिपुर संवाददाता

Tulsi Diwas and Ramesh Kshitij's special dialogue in the first Sangrila dialogue

काठमाडौँ — सांग्रिला साहित्य महोत्सवले यसै महिनादेखि मासिक संवाद शृंखला र सांग्रिला संवादको आयोजना गर्ने घोषणा गरेको छ ।

उद्घाटनको संवाद जुलाई २६ दिउँसो २ बजेपछि झम्सिखेलस्थित मोक्ष बार एन्ड रेस्टुरेन्टमा हुनेछ ।

'पहिलो संवाद कवितामा समर्पित हुने छ । संवाद कार्यक्रममा कवि तुलसी दिवस र रमेश क्षितिजबीच अन्तरक्रिया सत्र हुनेछ,’ महोत्सव निर्देशक केन सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'जहाँ तुलसी दिवसको जीवन, कवितामा उनको समर्पण र हाम्रो संस्कृति विकासमा कविताको भूमिकामाथि विमर्श हुनेछ ।'

अन्तरक्रियापछिको दोस्रो सत्रमा १२ जना कविहरू शैलेन्द्र साकार, अविनाश श्रेष्ठ, श्रवण मुकारुङ, दीपक सापकोटा, अभय श्रेष्ठ, शकुन्तला जोशी, गीता त्रिपाठी, टंक उप्रेती, ज्योति जंगल, बिना थिङ तामाङ, सविता गौतम दाहाल र विमला तुम्खेवाले कविता वाचन गर्नेछन् ।

Tulsi Diwas and Ramesh Kshitij's special dialogue in the first Sangrila dialogue

कार्यक्रम उद्घाटन तुलसी दिवसले गर्नेछन् । ‘चर्चा, अन्तरक्रिया, पुस्तक विमोचन, पठनपाठनका लागि मञ्च सिर्जना, पठन र लेखन संस्कृति प्रवर्द्धन गर्न यो कार्यक्रम मासिक रूपमा आयोजना गरिनेछ,’ प्रेस विज्ञप्तिमा उल्लेख छ । 

कान्तिपुर संवाददाता

Link copied successfully