अनेसासले गर्‍यो पुरस्कार घोषणा

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

ANESAS announced the award

What you should know

काठमाडौँ — अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले यसपटक विविध विधामा कृतिहरू चयन गर्दै पुरस्कारको घोषणा गरेको छ ।

शनिबार जुममार्फत सम्पन्न २१२ औँ भानु जयन्ती समारोह एवं अनेसास वार्षिक साधारणसभामा अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको 'सन्त्रासको साठी दिन', अनेसास राष्ट्रकवि सर्वोत्कृष्ट काव्य पुरस्कार कृसु क्षेत्रीको 'पसिनाको क्यानभास', अनेसास तीर्थ पाण्डेय सर्वोत्कृष्ट निबन्ध नियात्रा संस्मरण पुरस्कार मोमिला जोशीको 'प्रश्नहरू त बाँकी नै रहन्छन्', अनेसास नन्दादेवी सर्वोत्कृष्ट लोकसाहित्य पुरस्कार शशिराम कार्कीको 'रुकुमका लोककथा', अनेसास नारायण पाण्डे सर्वोत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको 'बोरा' लगायतका कृतिहरू पुरस्कृत भएको घोषणा गरिएको छ ।

 नेपाली भाषा साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय प्रचार प्रसारमा अग्रणी भूमिका निर्वाह गरिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले लामो समयदेखि वार्षिक रूपमा स्वदेश तथा विदेशमा नेपाली भाषामा प्रकाशित कृतिहरू संकलन गरी पुरस्कृत गर्ने गरेको छ । पुरस्कारको रकम अमेरिकी डलर ५०० देखि २१०० सम्म रहेको छ ।

कान्तिपुर

Link copied successfully