काठमाडौँ — पद्मश्री साहित्य पुरस्कारका लागि १५ वटा पुस्तक छनोटमा परेका छन् ।
२०८१ सालमा प्रकाशित २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएकामा १५ वटालाई प्रारम्भिक सूचीमा राखिएको खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले जनाएको छ ।
सूचीमा परेका यिनै १५ पुस्तकमध्येबाट ५ वटा कृतिलाई आगामी महिना उत्कृष्ट संक्षिप्त सूची चयन गर्ने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रारम्भिक सूचीका परेका १५ पुस्तक
- शैलेन्द्र अधिकारीको उपन्यास अर्हत
- छुदेन काविमोको आख्यान उरमाल
- रमेश क्षितिजको कथा संग्रह एउटा मायी नगरमा
- रमेश भुसालको गैरआख्यान छालबाटो
- भवानी खतिवडाको नियात्रा प्रणाम सगरमाथा
- पंचम अधिकारीको आख्यान प्रवासीको देश हुन्न
- दिनेश अधिकारीको कविता पानीको परेड
- श्रेयज सुवेदीको कथासंग्रह बहुरुपी
- टंक चौलागाईको उपन्यास रुदाने
- सरस्वती प्रतीक्षाको उपन्यास स्व
- हेम प्रभासको कविता साँझमा सेल्फी
- डा. श्रीधर खनालको उपन्यास सावर्णि
- बसन्त बस्नेतको आख्यान सिमसारा
- हेमन्त मिश्रको संस्मरण श्री ५ को सेवामा
- तीर्थ गुरुङको उपन्यास हिउँको गीत