नयाँघरेसहित ५ स्रष्टा सम्मानित

असार ७, २०८२

कान्तिपुर संवाददाता

5 creators honored including Nayaghre

काठमाडौँ — जीवन स्मृति प्रतिष्ठान दमकले युवराज नयाँघरेसहित ५ स्रष्टालाई सम्मान गरेको छ।

यसअनुसार लीला उदासीलाई जीवन स्मृति पुरस्कार २०७८, निबन्धकार युवराज नयाँघरेलाई जीवन स्मृति पुरस्कार २०७९, कलाकार बिक्रमश्रीलाई जीवन स्मृति पुरस्कार २०८० तथा कथाकार रीता ताम्राकारलाई जीवन स्मृति पुरस्कार २०८१ बाट सम्मानित गरियो । उनीहरुलाई प्रतिष्ठानले नगद र ताम्रपत्रसहित सम्मान गरेको हो । 

जीवन स्मृति युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सर्जक चोमु शेर्पा खुशी नगदसहित ताम्रपत्रद्वारा सम्मानित भएका छन् । 

दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा दमक नगर पालिका नगर प्रमुख रामकुमार थापाले सम्मानित स्रष्टाहरुलाई सम्मान गरेका थिए  । 

कान्तिपुर संवाददाता

Link copied successfully