बानियाँको ऐतिहासिक उपन्यास ‘तुलुराजा’ बजारमा

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

Baniyan's historical novel 'Tuluraja' in the market

काठमाडौँ — मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्रप्रकाश बानियाँको अर्को ऐतिहासिक उपन्यास ‘तुलुराजा’ प्रकाशित भएको छ ।

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत् १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाई गर्छ । दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ । 

गोर्खा राज्यविरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरुले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ? त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो– तुलुराजा ।

शिखा बुक्सले प्रकाशित गरेको उपन्यासको मूल्य ७९५ रहेको छ ।

कान्तिपुर

Link copied successfully