बिहीबारदेखि थुम्के साहित्य महोत्सव 

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Thumke Literary Festival from Thursday

इलाम — माईजोगमाईको केन्द्र नयाँबजारमा बिहीबारदेखि थुम्के साहित्य महोत्सव हुने भएको छ । 

महोत्सवको पहिलो दिन काव्यउत्सवअन्तर्गत पालिकाभरिका ८, ९ र १० कक्षाका विद्यार्थीबीच कविता प्रतियोगिता, चिया-संवाद, सांस्कृतिक प्रस्तुति, काव्य सन्ध्यालगायत कार्यक्रम सञ्चालन हुनेछन् । 

शुक्रबार कला-संवाद, उद्योग वाणिज्य संवाद, पुस्तक-वार्ता, पुस्तक लोकार्पण, सम्मान कार्यक्रम तथा भूपेन्द्र राई, वृष प्रधान र कमल अर्यालको सांगीतिक प्रस्तुति रहनेछ । संवादमा व्यवसायी, उत्पादक तथा सम्बन्धित उत्पादनका श्रमिकको आवाज समेटिने आयोजकले जनाएको छ ।

'महोत्सवका लागि काठमाडौंबाट कवि तथा मदन पुरस्कार विजेता लेखक डा. नवराज लम्साल लगायत नयाँबजार आइसक्नुभएको छ,' आयोजक थुम्के साहित्यिक समूहका अध्यक्ष केशवराज पौडेलले भने, 'भोलिदेखि दुई दिन चल्ने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ ।' 

माईजोगमाई गाउँपालिकाको आर्थिक सहयोग र अमर कल्याण नमुना माविको व्यवस्थापन सहयोगमा महोत्सव हुने भएको हो ।

कान्तिपुर संवाददाता

Link copied successfully