यक्सोको कविता संग्रह ‘सम्झनाको चोमोलुङ्मा’ सार्वजनिक

जेष्ठ ११, २०८२

कान्तिपुर संवाददाता

Yakso's poetry collection 'Samzhnako Chomolungma' was published

काठमाडौँ — कवि रोशन यक्सोको कविता सङ्ग्रह 'सम्झनाको चोमोलुङ्मा' सार्वजनिक गरिएको छ । सम्भव समूहको आयोजनामा युनियन हाउसको चोमोलुङ हलमा विमोचित कृतिमाथि प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राई, वक्ताद्वय विमला तुम्खेवा र शकुन्तला जोशीले आफ्नो धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपति भूपाल राईले कवि यक्सोका कविताहरुले गणतान्त्रिक संस्कार निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

वक्ता विमला तुम्खेवाले कृतिमाथि बोल्दै कवि यक्सोका कविता सामाजिक न्याय स्थापनाको निम्ति बुलन्द आवाजसहित प्रस्तुत भएको बताइन् ।

अर्का वक्ता शकुन्तला जोशीले अधिकांश कविताहरुमा समाज रुपान्तरणको लागि भएका विभिन्न खाले आन्दोलनको प्रतिबिम्ब चित्रित भएको उल्लेख गरिन् ।

कार्यक्रममा कवि श्रवण मुकारुङ, प्राज्ञ राजन मुकारुङ, कवि बिना थिङ, डा.केशव सिलवाल, स्वप्निल स्मृति, लक्ष्मी रुम्बा, चन्द्रवीर तुम्बापो, डा.तुलसी गौतम, एलिसा एकलास, अन्जना राई, मुक्तान थेवा, रिमा के.सी, सीता तुम्खेवालगायतको उपस्थिति रहेको थियो । 

कान्तिपुर

Link copied successfully