दिलिप पौडेलको कथा संग्रह ‘ब्लफर्स डायरी’ सार्वजनिक

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

Dilip Poudel's story collection 'Bluffer's Diary' released

काठमाडौँ — कथाकार दिलिप पौडेलको कथासंग्रह ‘ब्लफर्स डायरी’लोकार्पण भएको छ। सोमबार साँझ एक समारोहमा कृति लोकार्पण भएको हो। पुस्तकमा विविध विषयका १८ वटा कथा समेटिएको छ।

क्यानडामा बसोबास गर्ने पौडेलको यो पहिलो कृति हो। कथामा आदिवासी नेपालीको कथा र आफ्नो गाउँघरको व्यथालाई कथाको रुपमा प्रस्तुत गरेको पौडेलले बताए। 

कथा संग्रहमाथि बोल्दै समिक्षक राजकुमार बानियाँले कथामा द्वन्द्वकालका कथादेखि देश, समाज, प्रेम र आप्रवासी नेपालीको कथा व्यथासम्म कलात्मक शैलीमा प्रस्तुत गरेको र संग्रहभित्रका कथाको शीर्षकले पाठकहरुलाई कौतुहलता पैदा गराउने किसिमको रहेको छ । 

त्यसैगरी समिक्षक विक्रम भक्त जोशीले कथाहरु छोटा वाक्यहरुमा छन् र पढ्दा रोमाञ्चित बनाउने गरी लेखिएको छ । दुई देशको फ्युजन गरिएको छ । कथाको परिवेश नै इम्याजिन गर्न सकिने खालको छ । सरल लेखन शैलीमा लेखिएका कथाहरु छन् । 

कान्तिपुर

Link copied successfully