घिमिरे युवराजको 'लस्ट एण्ड फाउण्ड' नाटक सार्वजनिक

वैशाख २१, २०८२

कान्तिपुर संवाददाता

Ghimire Yuvraj's play 'Lost and Found' released

काठमाडौँ — दुई दशकभन्दा बढी समयदेखि नाटक निर्देशन, अभिनय तथा लेखनमा सक्रिय घिमिरे युवराजद्वारा लिखित नाटक 'लस्ट एण्ड फाउण्ड' सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक कुमार नगरकोटी, उमा सुवेदी, उषा शेरचन र निर्देशक तथा रङ्गकर्मी अनुप बरालले पुस्तक सार्वजनिक गरे ।

शिल्पी थिएटरका कला निर्देशक घिमिरे युवराजको साङ्ग्रिला बुक्सबाट प्रकाशित यो दोस्रो नाट्य कृति हो ।  उनको पहिलो नाटक 'विमोक्ष' को दोस्रो संस्करण पनि शनिबार नै प्रकाशित भयो ।

विमोचन कार्यक्रममा अभिनेता दिव्यदेव र लेखक घिमिरे युवराजले नेपाली नाट्य क्षेत्र, थिएटरका चुनौती, नाटक लेखन र चलचित्रका विषयमा रोचक संवाद गरेका थिए । लेखक घिमिरेले सहरको निस्सास्सिएको जीवन र सम्बन्धमा आफ्नो रुचि भएकाले नाटकमा आफूले त्यही विषय समेटेको बताए ।  विमोचित नाटक 'लस्ट एण्ड फाउण्ड' जेठ २ गतेबाट शिल्पी थिएटरमा मञ्चन हुँदैछ ।

कान्तिपुर

Link copied successfully