फाल्गुनन्दमा मुन्धुम 'डिस्कोर्स'

वैशाख १४, २०८२

कान्तिपुर संवाददाता

Mundhum 'Discourse' on Falgunanda

पाँचथर — फाल्गुनन्द गाउँपालिकाको सभाहल, घुर्विसे पञ्चमीमा मुन्धुम 'डिस्कोर्स' सम्पन्न भएको छ ।

मुन्धुम अध्ययन प्रतिष्ठान, हङकङको प्रायोजनमा र फाल्गुनन्द प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भएको 'मुन्धुम पुनर्जागरण अभियान' कार्यक्रममा सिक्किमका मुन्धुमविद् एवम् प्राध्यापक रुपलाल खाम्दाक र नेपालका दिग्गज मुन्धुमविद्हरु मुन्धुम एकाडेमीका अध्यक्ष डीबी आङ्बुङ, प्राज्ञ दिलेन्द्र कुरुम्बाङ, मुन्धुमिस्ट एवम् प्राध्यापक मधुराज केरुङ केवाफुङ, याक्थुङ प्रज्ञा–प्रतिष्ठानका कुलपति राजेन्द्र जवेगु, मुन्धुमविद् एवम् लिम्बू भाषी साहित्यकार लछामी शेर्मा पापो, मुन्धुमिस्ट एवम् चलचित्र निर्देशक सागर केरुङ, रङ्गवादका प्रवर्तक एवम् दार्शनिक धर्मेन्द्र नेम्बाङ, मुन्धुम अध्ययन प्रतिष्ठानका अध्यक्ष एवम् मुन्धुमविद् भूपेन्द्र चेम्जोङ आदिले सम्यक् मुन्धुम डिस्कोर्स गरेका थिए । 

फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ्ग आङ्देम्वेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको यो कार्यक्रम मुन्धुमी शैलीमा  यासेली योङहाङले सञ्चालन गरेका थिए भने कार्यक्रमको अध्यक्षता फाल्गुनन्द प्रज्ञा–प्रतिष्ठानका कुलपति मनकुमार लावती(समदर्शी काइँला) ले गरेका थिए ।

कार्यक्रममा कार्यपत्रहरु पनि प्रस्तुत गरिएका थिए । प्यानल डिस्कोर्सको प्यानलिस्टमा प्राज्ञ दिलेन्द्र कुरुम्बाङ र मधुराज केरुङ र सहजकर्ता सन्देश सुब्बा इङ्वा थिए ।

कान्तिपुर

Link copied successfully