काठमाडौँ — साहित्यिक समारोहमा निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेऽ अशोक घिमिरे, दीपा राना, तिलक पोख्रेल, रीत निरौला गुरागाईं, कोमल भट्टराई, राज पौड्याल, गंगा बस्नेत, भारती अधिकारी, विना ढकाल, करुणा भुजेल, लोकेन्द्र ओलीलगायतले आफना रचना र विचार प्रस्तुत गरे ।
थाइल्यान्डको राजधानी बैंककमा एक साहित्यिक कार्यक्रम आयोजना सम्पन्न भएको छ। थाइल्यान्ड भ्रमणमा रहेका निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको सम्मानमा आयोजित कार्यक्रममा साहित्यका विविध विधामाथि अन्तर्संवादसमेत गरियो ।
उक्त साहित्यिक समारोहमा अशोक घिमिरे, दीपा राना, तिलक पोख्रेल, रीत निरौला गुरागाईं, कोमल भट्टराई, राज पौड्याल,
गंगा बस्नेत, भारती अधिकारी, विना ढकाल, करुणा भुजेल, लोकेन्द्र ओलीलगायतले आफना रचना र विचार प्रस्तुत गरेका थिए ।
स्थानीय अनुभूति र विषयलाई सम्मान गरी लेखिएको साहित्य लोकप्रिय र स्वीकार्य हुने नियात्राकार नयाँघरेले बताए । ‘थाइल्यान्डमा बसे पनि म्यानमाली नेपाली साहित्यकारले बैंककका अनुभव कलात्मक ढंगले निरन्तर सिर्जना गरिरहून्, मेरो शुभकामना छ,’ नियात्राकार नयाँघरेले भने ।
