खजुरामा पहिलोपटक साहित्य महोत्सव

वैशाख ५, २०८२

रुपा गहतराज

First literature festival in Khajuraho

काठमाडौँनेपालगन्ज — बाँकेको खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा खजुरामा पहिलोपटक साहित्य महोत्सव सुरु भएको छ ।

साहित्य र संस्कृतिको सम्वर्द्धन गर्ने उद्देश्यले महोत्सव तथा साहित्य संगम तथा चिन्तन कार्यक्रम आयोजना गरिएको खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. इन्द्रबहादुर भण्डारीले बताए । उपकुलपति भण्डारीका अनुसार महोत्सवको पहिलोपटक वैशाख शक्रबार महोत्सवमा स्वागत र खजुरा प्रतिभा–२०८१ चयन तथा काव्य संगम हुनेछ । वैशाख ६ गते बिहान ८ बजे महोत्सवको उद्घाटन हुनेछ ।

खजुरा प्रज्ञा प्रतिष्ठान, खजुरा बाकेको आयोजनामा शनिबार सम्म खजुरा साहित्य महोत्सव हुने भएको हो  । 

खजुरा प्रतिभा–२०८१ घोषणा, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रज्ञा प्रतिभा पुरस्कार वितरण र विचारपत्र–कार्यपत्र प्रस्तुत तथा छलफल कार्यक्रम महोत्सवका मुख्य आकर्षणका रूपमा रहेका छन् । 

खजुरा साहित्य महोत्सवको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विक ‘तुफान’ले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पश्चात विचारपत्र र कार्यपत्र प्रस्तुत हुनेछ । त्यसपछि खजुरा प्रज्ञा सम्मान–२०८१ वितरण, खजुरा प्रज्ञा सम्मान–२०८१, खजुरा प्रतिभा–२०८१ घोषणा, रचना वाचन, मायाको चिनो प्रदान गर्दै महोत्सवको समापन गरिने छ ।

खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणि अर्यालले खजुरा साहित्य महोत्सवमा पूर्वी इलामदेखि सुदूरपश्चिमको बझाङसम्मका कवि, लेखक र साहित्यकारहरूको उपस्थिति रहने छ  । 

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully