‘साहित्यपोस्ट पुरस्कार २०८१’ का लागि पुस्तक आह्वान

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Call for books for 'Sahityapost Award 2081'

काठमाडौँ — एक लाख ५० हजार राशिको ‘साहित्यपोस्ट पुरस्कार २०८१’ का लागि पुस्तक आह्वान गरिएको छ । साहित्यपोस्टले काव्य, आख्यान र गैरआख्यान तीन विधामा तीन नवोदित लेखकका सर्वोत्कृष्ट कृतिलाई प्रदान गर्ने सम्मानका लागि पुस्तक आह्वान गरेको हो ।

काव्यका लागि ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’, आख्यानका लागि ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ तथा गैरआख्यानका लागि ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ नामका विधागत रूपमा प्रदान गरिने यी सम्मानको पुरस्कार राशि ५०–५० हजार रुपियाँ रहेको छ ।

०८१ सालभित्र आफ्नो पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कवि यी पुरस्कारको हकदार बन्नेछन् । 

यस वर्ष काव्य, आख्यान र गैरआख्यान पुरस्कारको प्रायोजन क्रमशः उत्तम भौकाजी, चैतन्य अधिकारी र विनयकुमार भण्डारीले गरेका छन् । पुरस्कारको पहिलो सर्टलिस्ट ०८२ साल वैशाख १७ गते सार्वजनिक गरिनेछ।

कान्तिपुर

Link copied successfully