गोरखा — सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरको गजलसंग्रह ‘वसन्तको आँकुरा’ सार्वजनिक गरिएको छ । संग्रहमा ६० वटा गजल संग्रृहित छन् ।
समाजका बेथिति, विकृति, विसंगतिका बारेमा बोल्ने काम गरेको लेखक थापाले बताए । ‘साहित्य मानव समुदायको लागि पनि हुनुपर्छ भन्ने भन्ने भावका साथ गजलहरू संग्रृहित छन्,’ उनले भने,‘समाजमा भएका वेथिति, विकृति, विसंगतिका बारेमा गजलले बोल्ने काम गरेको छ भने मानिसलाई उज्यालो भविष्य र आशावादी जीवन दर्शन देख्न प्रेरित गर्छ भन्ने ठानेको छु ।’
पुस्तक बिक्रीबाट आएको रकम मानव सेवा आश्रम गोरखालाई सहयोग गर्ने पनि थापाले बताए । पुस्तकको मूल्य व्यक्तिगत खरिद गर्दा २ सय र संस्थागत ३ सय राखिएको छ ।
