कलिंग साहित्य महोत्सवमा २५ भाषाका वक्ता, नेपालबाट १० लेखक

फाल्गुन २९, २०८१

कान्तिपुर संवाददाता

Speakers of 25 languages, 10 writers from Nepal at Kalinga Literature Festival

काठमाडौँ — भारतको ओडिसा भुवनेश्वरमा चैत ८ देखि तीन दिनसम्म हुने 'कलिंग लिटरेरी फेस्टिभल'मा १० नेपाली लेखक, पत्रकार  वक्ताका रुपमा सहभागी हुने भएका छन् । 

महोत्सवमा जलवायु न्याय, साहित्यमा महिलाको आवाज, अपराध कथा, संस्मरण लेखन, अनुवाद, कविता, आर्टिफिसियल इन्टेलिजेन्स र समसामयिक विषयसँग साहित्यको अन्तरसम्बन्ध लगायतका विषयमा बहस हुनेछ ।

नेपालबाट अर्बपति तथा समाजसेवी विनोद चौधरी, लेखक बुद्धिसागर , बसन्त बस्नेत, रोहिणी राणा, रञ्जना निरौला, सुमन वर्षा, अनुवादक केन सुवेदी र पवन थापालगायतले विभित्र सत्रमा बहस गर्नेछन् । नेपाली भाषामा मात्रै दुईवटा सत्र सञ्चालन हुनेछ । 

नेपाली लेखकहरूको सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साहित्यिक योगदानको पहिचान, अन्तर-सांस्कृतिक आदानप्रदान र नेपाल-भारत साहित्यिक सम्बन्ध सुदृढ बन्ने आयोजकको भनाइ छ ।

महोत्सवको यो एघारौं संस्करणमा १० देशबाट २५ भाषाका ५ सयभन्दा बढी वक्ता सहभागी हुनेछन् ।

कान्तिपुर

Link copied successfully