धनकुटा — कवि काङमाङ नरेश राईले आइतबार धनकुटामा एकल कविता वाचन गरे । आफूलाई युद्ध कविका रुपमा चिनाउँदै आएका राईले एक घण्टा करिब डेढ दर्जन कविता वाचन गरे । भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका कवि राईले आफू बेलायती सैनिक छँदाका भोगाइ, लाहुरेका कथा व्यथा तथा मुन्धुम भावका कविता सुनाएका थिए ।
२०४५ सालदेखि कविता लेखनयात्रा थालनी गरेका राईका १५ भन्दा बढी कृति तथा सम्पादन गरिएका पुस्तक छन् ।
पहिलो कविता ‘एघारौं सम्झनामा बाँचेको म’, ‘फर्केर आऊ’ हुँदै ‘प्रेम र युद्ध’ लगायत अन्तिममा ‘यो घर पक्कै ढल्छ होला’ प्रस्तुत गर्दै उनले एकल वाचन अन्त्य गरेका थिए ।
ईच्छापूर्ण राईले कवि राईका बारेमा धारणा राखेका थिए । कलाकार डिल्लीकृष्ण आलेले कविता वाचन कार्यक्रम अवधिमा कवि राईको मुहार चित्रसमेत तयार पारे ।
