'नेपालमा हाब्रे' पुस्तक सार्वजनिक

फाल्गुन ११, २०८१

कान्तिपुर संवाददाता

'Nepalma Habre' book released

इलाम — हाब्रे (रेडपाण्डा) बारे जानकारी दिने उद्देश्येले तयार गरिएको 'नेपालमा हाब्रे' नामक पुस्तक शनिवार सार्वजनिक भएको छ । लेखक तथा पत्रकार गिरिराज बाँस्कोटाले सम्पादन गरेको उक्त पुस्तक इलाममा विमोचन गरिएको हो ।

इलामका जिसस प्रमुख जयप्रकाश राई, प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, कोशी प्रदेश बन मन्त्रालयका सचिव विशाल घिमिरे, रेड पाण्डा नेटर्वकका नेपाल निर्देशक आङफुरी शेर्पा, बन तथा भुमि बिभागका उपनिर्देशक धनञ्जय लामिछानेसहितले संयुक्त रुपमा विमोचन गरे ।

पुस्तक रेड पाण्डा नेटवर्क र श्री दीप ज्योती युवा क्लबले प्रकाशन गरेको हो । पुस्तकमा हाब्रेको नेपालको अवस्था, संरक्षणका चुनौती, पर्यटन तथा संरक्षणका विभिन्न सन्दर्भका १६ वटा लेख समाविष्ट छन् ।

पुस्तकमा मोहन मैनाली, यादव उप्रेती, संग्राम कार्की, मुकेश पोखरेल, युवराज गौतम, गोविन्द पोखरेल, सिताराम गुरागाई, विप्लव भटराई, भिम चापागाई, आनन्द गौतम, सरोज शर्मा, एलिना दियाली लगायतको लेख रहेका छन् ।

पुस्तकले रेड पाण्डा बारे नीति निर्माण र संरक्षणका लागी महत्वपूर्णहुने अपेक्षा राखिएको छ ।

कान्तिपुर

Link copied successfully