चेम्बर पूर्वअध्यक्षले ल्याए पुस्तक

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

The former president of the chamber brought the book

काठमाडौँ — नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले जीवनीमा आधारित पुस्तक ‘राजेशकाजी श्रेष्ठ, व्यक्तित्व योगदान’ पुस्तक ल्याएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले पुस्तक लोकार्पण गरे । उक्त अवसरमा प्रधानमन्त्री ओलीले व्यवसाय र नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए । बोल्न नपाउने अवस्थाविरुद्ध लडेर आएकाले अभिव्यक्ति स्वतन्त्रताको अधिकार मिच्ने काम सरकारबाट नहुने प्रधानमन्त्री ओलीले प्रस्ट्याए । 

‘स्वतन्त्रताका नाममा देशविरुद्ध, शान्ति सुरक्षा खलबल्याउने र सामाजिक सद्भाव भड्काउने काम स्वीकार्य हुन सक्दैन,’ उनले भने, ‘नचिनेको ठाउँमा गएर शान्ति भड्काउने र जभाभावी बोल्ने काम गर्नुहुँदैन । आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार प्रयोगमा असर पार्ने काम कसैले गर्नुहुँदैन ।’

सुशासनबाट मात्रै देशलाई समृद्धितिर लान सकिने उनको भनाइ छ । सुशासन गम्भीर चुनौतीका रूपमा रहेकाले छिटोछरितो रूपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको उनले जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully