कञ्चनपुर — क्याप्टेन वेदप्रकाश उप्रेतीको ‘पायलट प्रेम’ पुस्तक सार्वजनिक गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तले बिहीबार महेन्द्रनगरस्थित एभिएसन म्युजियममा पुस्तक सार्वजनिक गरेका हुन् ।
नेपाल, भारत र इन्डोनेसियामा लामो समयदेखि पायलटको काम गरिसकेका उप्रेतीले आफ्नै अनुभव र विभिन्न किसिमका याद पुस्तकमा समावेश गरेका छन् । तीन दशकदेखि उडान क्षेत्रमा रहेका लकडाउनका बेला इन्डोनेसियामै हुँदा यो पुस्तक लेखेका हुन् ।
उडान क्षेत्रको जोमिख र एडभेन्चरलगायतलाई पुस्तकमा समावेश गरिएको उनले बताए । पुस्तकको विमोचन फागुन २ मा काठमाडौंमा पनि गरिने कार्यक्रम छ ।
