आकृतिले ल्याइन् बालकथा संग्रह

माघ २२, २०८१

कान्तिपुर संवाददाता

Akriti brings a collection of children's stories

काठमाडौँ — कक्षा ३ मा अध्ययनरत ८ वर्षीया आकृति पाण्डेद्वारा लिखित बालकथा संग्रह ‘द स्प्राटिङ स्टोरिज’ लोकार्पण भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पुस्तक विमोचन गरेका हुन् । 

मन्त्री पाण्डेले सानै उमेरमा कथा रचना गर्न सक्ने आकृतिको क्षमताको प्रशंसा गरे । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपालले मानिसले जस्तो वातावरण प्राप्त गर्छ, त्यस्तै आकार ग्रहण गर्ने बताउँदै बालप्रतिभा आकृतिमा अनौठो प्रतिभा रहेको धारणा राखे । ११ वटा सन्देशमूलक कथा संग्रहीत उक्त कृतिलाई संस्कार पब्लिकेसनले प्रकाशन गरेको हो ।

बालप्रतिभा पाण्डेका पिता अमिन पाण्डेले छोरीको सिर्जनशील कार्यले आफू गौरवान्वित भएको जनाए ।

कान्तिपुर संवाददाता

Link copied successfully