काठमाडौँ — २०८१ सालको साहित्य सम्मान पुरस्कार साहित्यकार कृष्ण धरावासी र कवि स्वप्नील स्मृतिलाई दिइने भएको छ । राजनीतिज्ञ, साहित्यकार, समाजसेवी स्व.अमरकुमार नेम्बाङको नाममा स्थापित ‘अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले’ यस वर्ष सम्मानित स्रष्टामा दुई लेखक छानेको हो । पुरस्कृत दुवै स्रष्टालाई ५० हजार रुपैयाँ र सम्मानपत्र दिइनेछ ।
छात्रावृति वितरणतर्फ जनकल्याण मावि फाकतेप फाल्गुनन्द –५ का कक्षा ११ मा अध्यनरत विद्यार्थी अन्जना चेम्जोङलाई छनौट गरिएको अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङले बताए ।
अमर नेम्बाङ लिम्बूको छैटौं स्मृति दिवसको अवसरमा प्रदान गर्न लागिएको उक्त सम्मान पुरस्कार कार्यक्रम माघ २६ गते, शनिबार फिदिम–१ म आयोजना हुनेछ ।
संस्मरणात्मक निबन्धहरूको सँगालो ‘सम्झनाका तरेलीहरू’ अमर नेम्बाङको चर्चित किताब हो ।
