पन्तले ल्याइन् कविता संग्रह

पुस २८, २०८१

कान्तिपुर संवाददाता

Pant brought a collection of poems

काठमाडौँ — लेखक, साहित्यकार तथा कवि रामेश्वरी पन्तको कविता संग्रह ‘समयको कठघराबाट एक स्त्रीको बयान’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कविता संग्रह विमोचन गरिएको हो । 

कार्यक्रममा विशेष अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरले कवि पन्तको कविता बहुआयामिक रहेको र यसले महिलाका आवाजलाई मुखरित गरेको टिप्पणी गरे । 

समीक्षकद्वय प्रा.डा. लेखप्रसाद निरौला र कवि भारती न्यौपानेले कवितामा समीक्षा गरेका थिए । ६४ वटा कविता रहेको उक्त संग्रहलाई शिखा बुक्सले प्रकाशित गरेको हो ।

कान्तिपुर

Link copied successfully