'धरतीको क्रन्दन' कृति विमोचित

पुस २७, २०८१

कान्तिपुर संवाददाता

'Dharti Ki Krandan' published

विराटनगर — कनकाई प्रतिभा प्रतिष्ठान सुरुंगा झापाको आयोजनामा शनिबार साहित्यकार बुद्धदेव प्रसाद घिमिरेको 'धरतीको क्रन्दन' गद्य कविता सङ्ग्रहको विमोचनसँगै विमर्श कार्यक्रम सम्पन्न भयो।

कनकाई माविका अवकाश प्राप्त शिक्षक घिमिरे कनकाई क्याम्पस स्थापनामा पनि महत्त्वपूर्ण भूमिका थियो ।

डा. कुमार प्रसाद कोइरालाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति  गङ्गाप्रसाद उप्रेती प्रमुख अतिथि रहेको कार्यक्रममा  पूर्वमन्त्री  राधाकृष्ण मैनालीको समेत कार्यक्रममा उपस्थिति थियो । 

प्रमुख अतिथि उप्रेती र विशिष्ट अतिथि मैनालीले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका थिए।  प्रा. डा. अञ्जना वस्ती भट्टराईले 'कि नोट  स्पिकर'को रूपमा पुस्तकका विविध पक्षहरूबारे विमर्श गरेकी थिइन् ।

कार्यक्रममा डा. तुलसी प्रसाद भट्टराई, डा. विष्णु विभु घिमिरे, प्रा. डा. गोविन्दराज भट्टराईलगायत विभिन्न विद्वता व्यक्तित्वहरूले पनि कृतिबारे चर्चा गरेका थिए।

कान्तिपुर

Link copied successfully