कवि कट्टेलको नवौ ‘दीप्तदृष्टि’ लोकार्पण

पुस १५, २०८१

कान्तिपुर संवाददाता

Kavi Kattel's ninth 'Deepta Drishti' release

विराटनगर — कवि हरि कट्टेलको नवौँ छन्दोबद्ध कविता संग्रह ‘दीप्तदृष्टि’  सोमबार विराटनगरमा लोकार्पण भएको  छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले कृतिको लोकार्पण गरेका हुन् । कृतिमाथि प्रा. डा. रमेश घिमिरे र प्रा. डा. हरिहर भण्डारीले समीक्षात्मक टिप्पणी प्रस्तुत गरेका थिए ।

प्रा. डा. घिमिरेले ‘दीप्तदृष्टि’ छन्द र कवित्वका दृष्टिले उत्कृष्ट र उदाहरणीय कृति रहेको भनाइ टिप्प्णीकर्ताहरूको थियो ।  कृतिले कवि कट्टेललाई छन्दोबद्ध कवितामा विशेष स्थान दिलाउने विश्वास व्यक्त गरिएको थियो । 

समारोहमा प्रमुख अतिथि खापुङसहित प्राज्ञ एन.पी. आचार्य, प्राज्ञ खेम नेपाली, साहित्यकार सरला चापागाईं, बलराम पोखरेल, महाकाव्यकार सोमराज अभय, र इतिहासविद् गणेश क्षेत्रीलगायतका विशिष्ट अतिथिहरूको उपस्थिति थियो । 

बालकवि प्रज्ञा कट्टेलले साङ्गीतिक कविता प्रस्तुत गरी कार्यक्रमलाई थप रौनक प्रदान गरेकी थिइन् ।  नेपाल स्रष्टा समाज काठमाडौंले कृति प्रकाशित गरेको हो । 

कान्तिपुर संवाददाता

Link copied successfully