काठमाडौँ — नेपाल पूर्वाधार पत्रकार समाजले नयाँ नेतृत्व चयन गरेको छ । शुक्रबार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले सुनिता कार्की कोइरालाको नेतृत्वमा नयाँ समिति निर्विरोध चयन भएको हो । उपाध्यक्षमा विमल खतिवडा, सचिवमा दिनेश खड्का निर्वाचित भएका छ्न् ।
यस्तै सहसचिवमा प्रशन्न ढुंगाना, कोषाध्यक्षमा हिमा विश्वकर्मा निर्विरोध चुनिएका छन् । सदस्यहरुमा विष्णु राईगाई, आशुतोष अर्याल, शर्मिला न्यौपाने, धना ढकाल, निर्दोष घोरसाइने, पवन तिमिल्सिना चयन भएका छन् ।
