विपिनले ल्याए 'मरूभूमिमा वासन्ती याम'

भाद्र १५, २०८१

कान्तिपुर संवाददाता

Bipin brought 'Vasanti yam in the desert'

चितवन — विपिन पाठकको पहिलो कविता संग्रह 'मरूभूमिमा वासन्ती याम' सार्वजनिक भएको छ । शुक्रबार माडी रेड हिल पार्कमा आयोजित कार्यक्रममा माडी नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले विमोचन गरिन् । संग्रहमा ३७ कविता छन् ।

माडी निवासी विपिनले माडीको परिवेश र बासिन्दालाई बिम्ब बनाएर उत्कृष्ट कविता रचना गरेको  समीक्षक धनेश्वर भट्टराईले टिप्णी गरे । विपिनले कविता र साहित्य क्षेत्रमा राम्रो सम्भावना देखाएको साहित्यकार भुपिन खड्काले बताए । विपिनका कविताले समाजका नकारात्मक पात्रलाई खवरदारी गर्ने र मिहेनती वर्गलाई प्रोत्साहित गर्ने वक्ता प्रेम रिमालको भनाइ थियो । 

कान्तिपुर

Link copied successfully