मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक 

आश्विन ५, २०८०

कान्तिपुर संवाददाता

काठमाडौँ — मुटुरोग विशेषज्ञ डा. ओम मुर्ति अनिलको पुस्तक ‘जीवन्त सम्बन्ध’ सार्वजनिक गरिएको  छ। राजधानीमा एक समारोहका बीच नामक पुस्तक विमोचन गरिएको छ । कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, डा. रवीन्द्र समीर, डा. जेपी अग्रवाल, लेखकका आमालगायतले विमोचन गरेका हुन् । 

संस्मरणात्मक पुस्तकमा डा. ओम मुर्तिले आफ्नो जीवन भोगाइ, सम्बन्ध,सफलता र असफलताका कथा प्रस्तुत गरेका छन् । 

उनको यो पुस्तकबाट प्राप्त सम्पूर्ण रकम असहाय वृद्धवृद्धाको सहयोगमा खर्च गरिने बताइएको छ । उनले स्वास्थ्य जीवनशैलीसम्बन्धी जनचेतनामूलक सन्देशहरू सामाजिक सञ्जालमार्फत दिँदै आएका छन् । 

कान्तिपुर

Link copied successfully