कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

'वेकअप अली…वेकअप नाउ' सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — लेखक सुमित शर्मा समीरको नयाँ पुस्तक 'वेकअप अली…वेकअप नाउ' सार्वजनिक भएको छ । नेपाली कांग्रेसका नेता गगन थापा, उपन्यासकार बुद्धिसागर, सगुना शाह र अतुल के ठाकुरले शर्माको पुस्तक विमोचन गरेका हुन् । 

'वेकअप अली…वेकअप नाउ' सार्वजनिक

'मलाई हाम्रो समयको कथा भन्नुपर्छ भन्ने लाग्छ । अलीको कथा त्यसैको नतिजा हो । बसाईसराई मानव सभ्यतादेखि नै अभ्यासमा छ । हाम्रो समयमा यसको अभ्यास धैरै बढ्यो । प्रचलन बढ्दो रहेको आभास मैले गरें । यसले नयाँ उपलब्धिहरुसँगै जनजीवनमा परिवर्तन पनि ल्याइदियो । मलाई सधैं दक्षिण एसियालाई एक सुत्रमा जोड्ने यही प्रक्रियाहरुमाथि लेख्न मन थियो जसले थुप्रै कथाहरु निर्माणमा सहयोग पुर्‍याउनेछ,' शर्माले भने ।

त्यस्तै उपन्यासकार बुद्धिसागरले पुस्तकमा अलीको आन्तरिक यात्रा, नयाँ अन्वेषण र अनुभूतिहरु समेटिएको बताए । 'पुस्तकमा बसाईसराईंका विषय मात्रै नभई गहिरो दार्शनिक अर्थ पनि छ । एक बसाईमै पुस्तकलाई पढ्न सकिन्छ । मलाई यो पुस्तक मनपर्‍यो,'बुद्धिसागरले पुस्तक विमोचन कार्यक्रममा भने । 'यो उपन्यासले सम्बन्ध र इच्छाहरुमार्फत मानवको मानसिकताको खोजी गरेको छ,'सगुनाले भनिन् ।

यसअघि यो पुस्तक 'प्रवास' शीर्षकमा नेपालीमा बजारमा ल्याइएको थियो । त्यसैलाई सस्रुत आचार्यले अंग्रेजीमा अनुवाद गरेर 'वेकअप अली…वेकअप नाउ'को अंग्रेजी भर्सनमा बजारमा ल्याइएको हो ।

प्रकाशित : श्रावण २९, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?