पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको विस्तारित सूची सार्वजनिक- साहित्य/विविध - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पद्मश्री साहित्य पुरस्कार : १५ कृतिको विस्तारित सूची सार्वजनिक

कान्तिपुर संवाददाता

काठमाडौँ — खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०७८ सालको पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृतिहरु छनोट गरेको छ । 

प्रतिष्ठानले मंगलबार विज्ञप्ति जारी गर्दै २०७८ को वर्षभरीमा प्रकाशित भएर प्रतिष्ठानलाई प्राप्त १ सय ४४ कृतिहरुमध्ये निर्णायक समितिको पहिलो चरणको मूल्यांकनका आधारमा १५ वटा कृतिहरुको नाम विस्तारित सूचीका रूपमा सार्वजनिक गरिएको हो ।

नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, दीनानाथ शर्माको ‘एक सम्बोधन समयमाथि’, राजवको ‘काफ्काको काम सकियो’, कविता राईको ‘गूरु’, लोकराज भट्टको ‘छाइल’, दिलिप बान्तवाको ‘ताल्चा’, अलकाआत्रेयको ‘निनादवल्लरी’, राजेन्द्रमान डंगालेको ‘पैतालामा हिँउ, आँखामा हिमाल’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, विप्लव ढकालको ‘भोजपुरको वाङ्मय’, बसन्त बस्नेतको ‘महाभरा’, दीपक पराजुलीको ‘मिथ्या’, केवल बिनाबीको ‘यादहरुको संग्रहालय’ र गिरीश गिरीको ‘सत्यमोहन’छनोटमा परेका छन् ।

कृतिहरु छनोटका लागि गठन गरिएको निर्णायक समितिमा राम लोहनीको संयोजकत्वमा स्रष्टाहरु नयनराज पाण्डे, कुमारी लामा छन् । पुस्तक चयन पक्रियालाई पारदर्शी र अधिकतम सहभागितामूलक बनाउन चयन प्रक्रिया तीन चरणमा गरिएको प्रतिष्ठानले जनाएको छ । निर्णायक समितिम ापहिलो चरणमा परेका १५ कृतिहरुमध्येबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिममा चरणमा छानिएका कृतिहरुलाई पुरस्कृत गरिनेछ ।

प्रतिष्ठानले २०६३ देखि नेपाली साहित्यमा वर्षभरी प्रकाशित कृतिहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

प्रकाशित : असार १५, २०७९ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्

नारायणी नदीमा पानीको सतह बढ्यो‚ डुबानको जोखिममा बस्ती

नारायण शर्मा

पूर्वी नवलपरासी — भीषण वर्षाका कारण नारायणी नदीमा पानीको सतह बढेपछि आसपासका गाउँमा जोखिम बढेको छ । नारायणी नदीको गैंडाकोटदेखि त्रिवेणीधामसम्मको क्षेत्रका धेरै बस्तीहरू डुबान र कटानको जोखिममा परेका छन् ।

जल तथा मौसम विज्ञान विभागले बुधबार बिहान सूचना प्रकाशन गरेर कावासोती, डन्डा र गिरुवारी क्षेत्रमा सतर्कता अपनाउन अपिल गरेको छ ।जलमापन केन्द्रका अनुसार त्रिवेणी ब्यारेजमा पानीको सतह १ लाख ६९ हजार क्युसेक लिटर पानी रहेको जानकारी दिएको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजमा पानीको सतह ह्वात्तै बढेको छ ।

पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नारायणीमा पानीको सतह बढेपछि आसपासका क्षेत्रमा आपत्कालीन अवस्था आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको जानकारी दिए । गत १४ घण्टादेखिको लगातारको वर्षात्‌ले नारायणीमा पानीको सतह बढिरहेको छ ।

पूर्वी नवलपरासीका गैंडाकोटदेखि त्रिवेणीधामसम्मको क्षेत्रका दर्जनौं गाउँ डुबानको जोखिममा परेका छन् ।

प्रकाशित : असार १५, २०७९ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×