३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

पत्रकार पन्थीको तेस्रो पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण

काठमाडौँ — पत्रकार तथा लेखक किशोर पन्थीको तेस्रो पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण भएको छ । अंग्रेजी भाषाको यो पुस्तकमा भावनाहरु सर्वव्यापी तर अनुवाद गर्न नसकिने हुन्छन् उपशीर्षक छ ।

पत्रकार पन्थीको तेस्रो पुस्तक अन्ट्रान्सलेटेबल लोकार्पण

२०७२ सालको भूकम्पमा आधारित पुस्तकमा भूकम्पमा संयोगले बाँच्‍न सफल भएकाहरु, भूकम्पका पीडित, भूकम्पपछिको उद्धार र राहतमा खटिनेहरु, महाभूकम्पमा संचारकर्ममा खटिएकाहरु, उपचारमा खटिएकाहरु लगायतका भावना र अनुभवहरुलाई पुस्तकमा समेटिएको छ ।

पन्थीको उक्त पुस्तक पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीस खिलराज रेग्मीले पुस्तकको लोकार्पण गरेका थिए ।

भावना व्यक्त गर्ने कुनै उपयुक्त भाषा नहुने भएकाले पुस्तकको शीर्षकले उक्त मर्मलाई बोक्न सफल भएको मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले बताए ।

२९८ पृष्ठको रहेको यो पुस्तक नमस्ते इन्टरनेशनल मिडिया ग्रुपले प्रकाशन गरेको हो । खसोखास अनलाइनका प्रधानसम्पादक समेत रहेका पन्थीका यसअघि जिरो माइल र कम्पन नामका दुई पुस्तकहरु प्रकाशित छन् ।

प्रकाशित : असार ७, २०७९ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?