रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

चैत्र ५, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली भाषा, साहित्यको श्रीवृद्धिका लागि निरन्तर सिर्जनामा योगदान पुर्‍याइरहेका साहित्यकार कालीप्रसाद रिजाल र उषा शेरचनलाई क्रमश : ‘वानीरा प्रज्ञा पुरस्कार’ र ‘वानीरा पुरस्कार’प्रदान गरिने भएको छ ।  

‘वानीरा फाउन्डेशन’ले नेपाली साहित्यका स्रष्टा वानीरा गिरीको स्मृतिमा स्थापित पुरस्कार रिजाल र शेरचनलाई प्रदान गर्न लागिएको जनाएको छ । पुरस्कार राशि क्रमश: एक लाख र ५० हजार रुपैयाँ रहेको छ । 

फाउन्डेशनले गिरीको ७९ औं जयन्तीका अवसरमा आगामी वैशाख २० गते फाउन्डेशनको भवन उद्घाटनका क्रममा पुरस्कार प्रदान गर्ने जनाएको छ । पुरस्कार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीबाट दिने तय भएको फाउन्डेशनका संस्थापक तथा संरक्षक ई. शंकर गिरीले जनाएका छन् । 

कान्तिपुर

Link copied successfully