२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, सम्मान गायक आचार्यलाई 

कान्तिपुर संवाददाता

काठमाडौँ — २०७७ सालको पद्मश्री साहित्य पुरस्कार केशव दाहालको उपन्यास ‘मोक्षभूमि’ले पाउने भएको छ । त्यस्तै पद्मश्री साधना सम्मान गायक तथा संगीतकार भक्तराज आचार्यलाई दिइने भएको छ ।

पद्मश्री पुरस्कार ‘मोक्षभूमि’लाई, सम्मान गायक आचार्यलाई 

खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले ट्विटमार्फत यस्तो जानकारी दिएका हुन् । प्रतिष्ठानले हरेक वर्ष यसै गरी कला, साहित्य र प्राज्ञिक क्षेत्रका एक–एक जना व्यक्तित्वलाई पुरस्कृत र सम्मानित गर्दै आएको छ ।

दाहालको किताब मोक्षभूमि दासहरूको मुक्तिका विषयमा केन्द्रित छ । ‘खस साम्राज्यका चक्रवर्ती सम्राट क्राचल्लदेवले गरेको युद्ध अपराध र पापको प्रायश्चित्तका लागि दस हजार दासहरूलाई मुक्त गरिएपछि त्यसपछि सिन्जामा आएको उथलपुथलसँगै आर्य–खस जातीय श्रेष्ठता र मानव श्रेष्ठताको महाबहस सुरु भएको’ यसले औंल्याएको छ ।

केशव दाहाल

त्यस्तै भजनशिरोमणिका रूपमा चिनिने आचार्य लामो समयदेखि संगीत साधनामा तल्लीन छन् ।

पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको राशि तीन–तीन लाख रुपैयाँ छ । वि.सं. २०६३ सालदेखि खेमलाल-हरिकला लामिछाने प्रतिष्ठान चितवनले नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्‍याएको एउटलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ । त्यस्तै २०६७ सालदेखि प्रतिष्ठानले साहित्य, कला, संगीत, अभिनय आदि क्षेत्रमा दीर्घसाधना गर्ने वरिष्ठ साधकलाई पद्मश्री साधना सम्मान गर्दै आएको छ । दुवै सम्मान तथा पुरस्कार प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन प्रदान गर्ने गरिएको छ ।

प्रकाशित : आश्विन १२, २०७८ ०६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?