नेपालको राजनीतिक अस्थिरताबारे सिलवालको किताब बजारमा

श्रावण १६, २०७८

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको अस्थिरताबारे नेपाली सेनाका अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवालको किताब बजारमा आएको छ । अंग्रेजी भाषामा प्रकाशित उक्त किताबको नाम ‘नेपाल्स इनस्टाबिलिटी कोनन्ड्रम: नेभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एन्ड डिप्लोम्याटिक ल्यान्डस्केप’ हो ।

पुस्तकमा सिलवालले नेपालमा लामो समयदेखि अस्थिरताका कारण, नेपालको राजनीतिक, सेना, अर्थतन्त्र र कूटनीतिक क्षेत्रलाई नजिकबाट पहिल्याएर प्रस्तुत गर्ने गरेका छन् । पुस्तकमा ७ अध्याय रहेका छन् । 

पुस्तकलाई ‘इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिज’, ललितपुरले प्रकाशन गरेको हो । पुस्तक बिक्रीबाट आएको रकम पुस्तक प्रकाशन गर्ने अनुसन्धान संस्थालाई नै दिने सिलवालले जानकारी दिए । 

कान्तिपुर

Link copied successfully