१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेपालको राजनीतिक अस्थिरताबारे सिलवालको किताब बजारमा

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालको अस्थिरताबारे नेपाली सेनाका अवकाशप्राप्त उपरथी पूर्णबहादुर सिलवालको किताब बजारमा आएको छ । अंग्रेजी भाषामा प्रकाशित उक्त किताबको नाम ‘नेपाल्स इनस्टाबिलिटी कोनन्ड्रम: नेभिगेटिङ पोलिटिकल, मिलिटरी, इकोनोमिक एन्ड डिप्लोम्याटिक ल्यान्डस्केप’ हो ।

नेपालको राजनीतिक अस्थिरताबारे सिलवालको किताब बजारमा

पुस्तकमा सिलवालले नेपालमा लामो समयदेखि अस्थिरताका कारण, नेपालको राजनीतिक, सेना, अर्थतन्त्र र कूटनीतिक क्षेत्रलाई नजिकबाट पहिल्याएर प्रस्तुत गर्ने गरेका छन् । पुस्तकमा ७ अध्याय रहेका छन् ।

पुस्तकलाई ‘इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्टडिज’, ललितपुरले प्रकाशन गरेको हो । पुस्तक बिक्रीबाट आएको रकम पुस्तक प्रकाशन गर्ने अनुसन्धान संस्थालाई नै दिने सिलवालले जानकारी दिए ।

प्रकाशित : श्रावण १६, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?