कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नीलमको उपन्यास 'द्रौपदी अवशेष' सार्वजनिक 

काठमाडौँ — नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास 'द्रौपदी अवशेष' सार्वजनिक भएको छ ।

नीलमको उपन्यास 'द्रौपदी अवशेष' सार्वजनिक 

'द्रौपदी अवशेष' उपन्यासको औपचारिक विमोचन शुक्रबार हुम्लाको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङलगायत स्थानीयको उपस्थितिमा भएको हो । उपन्यास हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित रहेको लेखकले बताएकी छिन् । 'द्रौपदी अवशेष' एक सांस्कृतिक उपन्यास भएको प्रकाशकले जनाएको छ ।

उपन्यासका सम्बन्धमा लेखक नीलम भन्छिन् – 'जुन माटोको कथा थियो त्यही लोकार्पण भएकोमा म निकै खुसी छु । स्थानीयको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको छु, र यसलाई त्यही भूमिमा सार्वजनिक गर्न सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु । हुम्लामा हिमपातको कारण मेरा पात्र हुम्लाबाट नेपालगन्जका लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ । हुम्लामा पानी परिरहेको कारण नेपालगन्जबाट हुम्लाको लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला गरि हुम्ला पुगेको आजको यथार्थ हो । यही यस्तै यथार्थ सँगसँगै समाज अघि बढिरहेको छ । बहुपति प्रथा एक संस्कृति हो । भौगोलिक जटिलतासँग पनि प्रत्यक्ष-परोक्ष सम्बन्ध रहेको छ । यही संस्कृतिलाई आख्यामार्फत पाठकसामु पुर्याौउने मेरो प्रयास हो – द्रौपदी अवशेष ।

प्रकाशित : श्रावण २, २०७८ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?