१२१औं रुद्रराज पाण्डे जन्मजयन्ती मनाइयो

फाल्गुन २९, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — सरदार रुद्राज पाण्डेको १२१औं जन्मजयन्ती मनाइएको छ । रुद्रराज साहित्य सेवा समितिले शनिबार एक कार्यक्रम गरी पाण्डेको जन्मजयन्ती मनाइएको हो ।

त्यस अवसरमा पूर्वराष्ट्रपति डा.रामवरण यादवले विभिन्‍न पुरस्कार तथा सम्मान वितरण गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्वराष्ट्रपति यादवले रुद्रराज पाण्डेले शिक्षा, साहित्य, इतिहास, आध्यात्मिक सबै क्षेत्रमा योगदान दिएको चर्चा गरे । त्यस्तै विद्यालय शिक्षादेखि उच्च शिक्षाको सबैको व्यवस्थापनमा काम गरेर पाण्डेले समाजमा ठूलो भूमिका खेलेका पूर्वराष्ट्रपतिले सस्मरण गराए ।

समितिले त्रिविका पूर्व उपकूलपति केदारभक्त माथेमा लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

राणाकालीन समयमा नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने काम पाण्डेले गरेका थिए । नेपाली भाषासाहित्यको पहिलो मौलिक र सामाजिक उपन्यास 'रूपमती' मा लेखक पाण्डे थिए । 

कान्तिपुर

Link copied successfully