कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

१२१औं रुद्रराज पाण्डे जन्मजयन्ती मनाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — सरदार रुद्राज पाण्डेको १२१औं जन्मजयन्ती मनाइएको छ । रुद्रराज साहित्य सेवा समितिले शनिबार एक कार्यक्रम गरी पाण्डेको जन्मजयन्ती मनाइएको हो ।

१२१औं रुद्रराज पाण्डे जन्मजयन्ती मनाइयो

त्यस अवसरमा पूर्वराष्ट्रपति डा.रामवरण यादवले विभिन्‍न पुरस्कार तथा सम्मान वितरण गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै पूर्वराष्ट्रपति यादवले रुद्रराज पाण्डेले शिक्षा, साहित्य, इतिहास, आध्यात्मिक सबै क्षेत्रमा योगदान दिएको चर्चा गरे । त्यस्तै विद्यालय शिक्षादेखि उच्च शिक्षाको सबैको व्यवस्थापनमा काम गरेर पाण्डेले समाजमा ठूलो भूमिका खेलेका पूर्वराष्ट्रपतिले सस्मरण गराए ।

समितिले त्रिविका पूर्व उपकूलपति केदारभक्त माथेमा लगायतलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

राणाकालीन समयमा नेपाली भाषालाई भारतमा लगेर मान्यता दिलाउने काम पाण्डेले गरेका थिए । नेपाली भाषासाहित्यको पहिलो मौलिक र सामाजिक उपन्यास 'रूपमती' मा लेखक पाण्डे थिए ।

प्रकाशित : फाल्गुन २९, २०७७ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?