कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२०७६ को मदन पुरस्कार 'महारानी'लाई, शान्ति ठटाललाई जगदम्बाश्री

काठमाडौँ — २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास 'महारानी'लाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको साधारण सभाले यो उपन्यासलाई पुरस्कृत गर्ने निर्णय गरेको गुठीका अध्यक्ष अध्यक्ष कुन्द दीक्षितले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

२०७६ को मदन पुरस्कार 'महारानी'लाई, शान्ति ठटाललाई जगदम्बाश्री

गुठीले पुरस्कारका लागि मनोनित सात पुस्तकको सूची सार्वजनिक गरेको थियो । पुरस्कारको राशी ४ लाख रहेको छ ।

यस्तै, गुठीले जगदम्बाश्री पुरस्कार नेपाली संगीतमा योगदान पुर्‍याएबापत शान्ति ठटाललाई दिने पनि निर्णय गरेको छ । गत ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही गीत संगीत क्षेत्रको उन्‍नयनमा विशिष्ट योगदान पुर्‍याएकाले ठटाललाई पुरस्कृत गर्न लागिएको गुठीले जनाएको छ । यो पुरस्कार पनि ४ लाख राशीकै हो ।

कोरोना महामारीको कारण उत्पन्न परिस्थितिलाई विचार गर्दै गुठीले पुरस्कार वितरण गर्ने मिति भने पछि सार्वजनिक गरिने जनाएको छ ।

प्रकाशित : आश्विन ४, २०७७ १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?