बिना थिङको ‘याम्बुनेर’ बजारमा

भाद्र ११, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको छ । १३ कथा समेटिएको संग्रहमा राज्यसत्ताबाट जात, धर्म, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेद र त्यसबाट पहिचानविहीन बन्न पुगेका किनारीकृतहरुको संघर्षका कथालाई प्रस्तुत गरिएको छ ।

‘याम्बु अर्थात् काठमाडौंको किनारमा वर्षौदेखि राज्यतहबाट किनारा पारिएका वर्गको पीडा छ,’ थिङले भनिन्,‘संग्रहले उत्पीडन समुदायको भोगाई, समयक्रमसँगै उनीहरुमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयामहरुलाई समेट्ने जमर्काे गरिएको छ ।’ थिङले यसलाई आख्यान संग्रह मात्र नभएर काठमाडौंनेर बाँचिरहेका थुप्रै पात्रहरुको यथार्थ भोगाईको चित्रणका रुपमा लिएकी छन् । 

‘याम्बुनेर’लाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । यसअघि थिङका कथासंग्रह ‘छुकी’ र  ‘रातोघर’ कवितासंग्रह प्रकाशित छन् । 

कान्तिपुर

Link copied successfully