२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

बिना थिङको ‘याम्बुनेर’ बजारमा

काठमाडौँ — साहित्यकार बिना थिङको कथा संग्रह ‘याम्बुनेर’ बुधबार सार्वजनिक गरिएको छ । १३ कथा समेटिएको संग्रहमा राज्यसत्ताबाट जात, धर्म, भाषा, संस्कृति, वर्ग, क्षेत्र वा खास नश्लको आधारमा गरिँदै आएको विभेद र त्यसबाट पहिचानविहीन बन्न पुगेका किनारीकृतहरुको संघर्षका कथालाई प्रस्तुत गरिएको छ ।

बिना थिङको ‘याम्बुनेर’ बजारमा

‘याम्बु अर्थात् काठमाडौंको किनारमा वर्षौदेखि राज्यतहबाट किनारा पारिएका वर्गको पीडा छ,’ थिङले भनिन्,‘संग्रहले उत्पीडन समुदायको भोगाई, समयक्रमसँगै उनीहरुमा आएको परिवर्तन, जीवन बोधका विभिन्न आयामहरुलाई समेट्ने जमर्काे गरिएको छ ।’ थिङले यसलाई आख्यान संग्रह मात्र नभएर काठमाडौंनेर बाँचिरहेका थुप्रै पात्रहरुको यथार्थ भोगाईको चित्रणका रुपमा लिएकी छन् ।

‘याम्बुनेर’लाई फिनिक्स बुक्सले प्रकाशन गरेको हो । यसअघि थिङका कथासंग्रह ‘छुकी’ र ‘रातोघर’ कवितासंग्रह प्रकाशित छन् ।

प्रकाशित : भाद्र ११, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?