भुवन ढुंगानाको ‘परित्यक्ता’ आउँदै

असार १४, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — साहित्यकार भुवन ढुंगानाको आख्यान ‘परित्यक्ता’ बजारमा आउने भएको छ । उपन्यासलाई नेपालयले प्रकाशन गरेको हो । 

गत वर्ष नै प्रकाशित भएपनि काेराेनाका कारण लकडाउन भएपछि पुस्तक सार्वजनिक हुन पाएकाे थिएन ।

उपन्यासले महिलाको अन्तरचेतनाको परिदृश्यलाई उजागर गर्ने र महिलाले आफ्ना उद्देश्यलाई आफैंले पूरा गर्ने प्रयत्न गर्नुपर्छ भन्नेतर्फ संकेत गरेकाे नेपालयले बताएकाे छ । ढुंगानाका यसअघि ‘धर्म बिम्ब’ र ‘युद्धको घोषणा अघि’ जस्ता कथा संग्रहहरू प्रकाशित छन् । 

नेपालयले केही दिन पहिले इ–बुकमार्फत सुजीव शाक्यको ‘अर्थात परिवर्तन’ पुस्तकका दुईवटा अध्याय सार्वजनिक गरिसकेको छ । 

कान्तिपुर

Link copied successfully